Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – कुनै पनि धमनीमा शतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र सो भागको मृत्यु हुनु हृदयाघात हो । मुटुको देब्रेतिरको मुख्य धमनीमा अवरोध भएमा सो हृदयाघात प्राणघातक पनि हुन सक्छ । गलत जीवनशैली र खानपानका कारण आजभोलि सबै उमेरका मानिसमा हृदयाघातको जोखिम बढ्दो छ ।

– एक्लै भएको अवस्था वा अस्पतालको पहुँचबाट टाढा भएको वेला हृदयाघात भएमा जोखिम उच्च हुन्छ । छोटो समयमा अस्पताल पु-याउनुपर्ने हुन्छ । यस्तो वेलामा बिरामीलाई धेरै गाह्रो भएको हुन्छ । यसर्थ, बिरामीसँगै सबैले संयम अपनाउनुपर्छ ।

– अचानक बायाँ छाती दुख्यो र दुखाइ बढ्दै गएर बायाँ पाखुरा हँुदै बंगारासम्म पुग्यो भने हृदयाघात भएको भन्ने थाहा पाउनुपर्छ । करिब १० सेकेन्ड मात्र यस्तो हुन्छ । तसर्थ, नआत्तीकन यथास्थानमै बस्नुपर्छ ।

– बिस्तारै नाकको दुईवटै प्वालबाट लामो र गहिरो श्वास लिनुपर्छ । अनि, जोडले आवाज निकालेर पेट हल्लिने गरी खोक्नुपर्छ ।

– चिकित्सककहाँ नपुुगुन्जेलसम्म गहिरो श्वास लिने र खोक्ने गरिरहेमा ज्यान जोगिने सम्भावना
अधिक रहन्छ ।

तपाईको प्रतिक्रिया