Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडौं – घर बाहिर निस्कनुअघि हामी सबै परफ्युमको प्रयोग गर्छौ । शरीर तथा कपडाबाट आउने दुर्गन्ध कम गर्न अथवा बास्नादार बन्न अनि व्यक्तित्वलाई निखारता प्रदान गर्न परफ्युमको प्रयोग गरिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

प्रायः हामी परफ्युमको प्रयोग नाडी, कान, गला जस्ता शरीरका अंगमा गर्छौ । किनकी यी अंंगहरुमा लगाएको परफ्युम धेरैबेर टिकाउ हुने र बास्ना पनि आउने हुन्छ । तर, परफ्युम शरीरको अंगमा लगाउनु सही हो त ? परफ्युमको प्रयोग शरीरको कुन कुन अंगमा प्रयोग गर्दा यसको असर धेरै हुन्छ त ?

शरीरका कतिपय अंगहरु निकै संवेदशील हुन्छन् भने परफ्युम केमिकलयुक्त । बास्नाको नाममा शरीरका जुनै भागमा पनि परफ्युम प्रयोग गर्नु खतरनाक सावित हुनसक्छ ।

हातमा लगाएर रगड्न हुँदैन 

धेरैमा परफ्युमको प्रयोग गर्नुअघि हातमा लगाएर दुई हात रगडेर सुँघ्ने बानी छ । तर यसो गर्दा बास्नामा कमि आउने गर्छ र लामो समयसम्म पनि टिक्दैन । त्यसैले नारीमा परफ्युमको प्रयोग गर्न सकिन्छ जसले गर्दा दिनभरी टिकाउ पनि हुन्छ ।

कपालमा प्रयोग गर्नुअघि 

कतिपय मानिसहरु कपालमा पनि परफ्युमको प्रयोग गर्ने गर्छन् तर यस्तो बानी तपाईंको कपालको लागि खतरनाक साबित हुनसक्छ । किनकी परफ्युममा अल्कोहलको प्रयोग भएको हुन्छ । जसको प्रयोगले कपाल सुख्खा हुने र टुक्रिने गर्छ ।

कानको पछाडि

सामान्यताः महिलाहरु कानपछाडि परफ्युमको प्रयोग गर्छन् । कानको पछाडिको भाग अति संवेदनशील भाग हो । र, यो भाग सुख्खा पनि हुन्छ । परफ्युम सुख्खाभन्दा चिल्लो छालामा धेरैबेर टिक्छ । परफ्युममा भएको केमिकल र अल्कोहलले छालालाई झनै धेरै सुख्खा बनाइदिन्छ ।

त्यसैले कान पछाडि परफ्युम लगाउनुअघि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

नुहाउने वित्तिकै 

नुहाउनको लागि शावर जेलको प्रयोग गर्नु फाइदाजनक मानिन्छ । नुहाउँदा बास्नादार साबुन र शरीर पुछेर परफ्युमको प्रयोग गर्नुहोस् । यदि बास्ना लामो समय रहिराखोस् भन्ने चाहानुहुन्छ भने तातो पानीले नुहाउनुहोस् । त्यसपछि परफ्युम प्रयोग गर्दा लामोसमयसम्म पसिना गन्हाउने समस्याको समाधान हुन्छ । तर, शरीरको छालालाई नरम र स्वस्थ्य राख्नको लागि बडि लोशनको प्रयोग गर्नु उचित हुन्छ ।

प्राइभेट पार्टको आसपास 

यदि तपाईं छोटो कपडा लगाउँदै हुनुहुन्छ र जाँघकोबिचमा परफ्युम लगाउँदै हुनुहुन्छ भने सावधान हुनुहोस् । उक्त भागमा परफ्युम लगाएर हिँडडुल गर्दा घर्षण हुने र चिलाउने समस्या हुन्छ ।

कपडा र गहनामा लगाउँदा 

महिलाहरु कपडा र गहनामा परफ्युम लगाउँने गर्छन् । तर, परफ्युमको प्रयोगले कपडा र गहनामा खराबी आउँछ ।

काखीमूनी 

कहिल्यैपनि सीधा काखीमूनी परफ्युमको प्रयोग गर्नुहुँदैन । शरीरको संवेदनशील भाग मध्ये काखीमूनीको भाग पनि संवेदनशील हुने भएकाले परफ्युमको प्रयोगले चिलाउने र पोल्ने समस्या उत्पन्न हुनसक्छ ।

तपाईको प्रतिक्रिया