Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ०४, २०८१
Friday, January 17, 2025

काठमाडाैं – हाम्रो शरीरका लागि नुन अत्यावश्यक खाद्यपदार्थ हो । यसले शरीरमा सोडियमको मात्रा कायम राख्छ । मांसपेशी, तन्त्रिका, तरल पदार्थ आदिलाई सन्तुलनमा राख्न पनि नुनमा पाइने तत्वले विशेष भूमिका खेलिरहेको हुन्छ । तर, अत्यधिक नुन खाएमा त्यसले शरीरमा नकारात्मक असर पार्छ भन्ने बुझ्न जरुरी छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

– नुनको बढी सेवनले मस्तिष्क, धमनी र मुटुमा बढी असर गर्छ । शरीरका रसायनमा असन्तुलन आई मानिसको मृत्युसमेत हुन सक्छ ।

– विश्व स्वास्थ्य संगठनका अनुसार एउटा व्यक्तिले प्रत्येक दिन ५ ग्रामभन्दा बढी नुन सेवन गर्नु स्वास्थ्यका लागि हानिकारक छ । तर, दक्षिण अफ्रिकीहरू एक दिनमा ८ दशमलव ५ ग्राम नुन खाने गर्छन् । जुन पक्षाघात (स्ट्रोक) र हृदयाघातको कारण बनिरहेको छ ।

– वयस्क मानिसमा आवश्यकभन्दा बढी सोडियम हृदयरोगको कारक बन्ने गर्छ ।

– खानेकुरामा प्रयोग गरिने सोडियमको अत्यधिक मात्राले उच्च रक्तचाप निम्त्याउँछ । बुढेसकालमा सोच्ने शक्तिमा समेत
ह्रास ल्याउँछ ।

– शरीरमा सोडियमको मात्रा बढी हुँदा घुँडा र हातखुट्टा सुन्निने समस्या देखा पर्छ ।

– खानेकुरामा नुनको प्रयोग गर्दा त्यो स्वादिष्ट अवश्य हुन्छ । तर, कतिपय खानेकुरा छन्, जसमा नुनको मात्रा मिल्दैन । यस्तो हुँदा त्यसले झनै बढी असर गर्ने गर्दछ ।

– प्रशोधित खानेकुरामा प्रयोग गरिने अत्यधिक नुनले पेटमा क्यान्सर हुने सम्भावना रहन्छ । यसबाट महिलाभन्दा पुरुष बढी प्रभावित हुने गरेका छन् । सिामान्यतया मिर्गौलाले शरीरमा रहेका विकारजन्य वस्तु हटाउने, तरल पदार्थ सन्तुलनमा राख्ने र रातो रक्तकोषिकाको वृद्धिलाई नियन्त्रण गर्ने काम गर्छ । यद्यपि, उच्च रक्तचापका बिरामीले बढी नुन सेवन गर्दा मिर्गाैलाले शरीरका विषाक्त तत्व हटाउन असमर्थ हुन्छ । परिणामस्वरूप मिर्गाैला बिग्रने सम्भावना रहन्छ ।

– उच्च सोडियमयुक्त खाना, खासगरी प्रशोधित खाद्यपदार्थले शरीरमा आवश्यकताभन्दा बढी पानीको मात्रा कायम गर्छ । जसले गर्दा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छ ।

तपाईको प्रतिक्रिया