Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – सरकारले डा गोविन्द केसीको जीवनरक्षाका लागि कुनै पनि पहल नचालेको भन्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आज रिले अनसन बस्दैछन्।

नेपाल चिकित्सक संघकाे आह्वानमा सोमबार बिहान १० देखि साँझ ५ बजेसम्म रिले अनसन बस्न लागिएकाे हाे। सरकारलाई दिएको ७२ घन्टाको समयसीमा सकिएपछि संघले आइतबार रिले अनसन सुरु गर्ने निर्णय गरेको हो।

संघको आह्वानमा आइतबार त्रिवि शिक्षण अस्पतालमा भेला भएका उपत्यकाभरका चिकित्सकहरुको सुझावका आधारमा रिले अनसनमा जाने निर्णय भएको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

संघका अनुसार काठमाडौं उपत्यकाको हकमा उपत्यकाभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु त्रिवि शिक्षण अस्पताल परिसरमा रिले अनसन बस्नेछन्। उपत्यकाभन्दा बाहिरको हकमा संघका शाखा कार्यालय र शाखा कार्यालय नभएका स्थानमा आ–आफ्ना संस्थामा रिले अनसन बस्ने तयारी थालिएकाे संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले जानकारी दिनुभयाे ।

देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी रिले अनसनमा बस्दा अस्पताल तथा स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने छ। संघले सरकारले डा केसीको जीवनरक्षाका लागि आवश्यक कदम अगाडि नबढाए थप सशक्त आन्दोलनका कार्यक्रमसमेत गर्ने चेतावनी दिएको छ।

१५औं अनसनका क्रममा भएका सहमतिविपरीत सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याएकाे भन्दै डा केसी गत पुस २५ बाट आमरण अनसनमा हुनुहुन्छ।

तपाईको प्रतिक्रिया