Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – प्रा. डा. गोविन्द केसीको जीवनरक्षाका लागि भन्दै नेपाल चिकित्सक संघले भोलिदेखि त्रिवि शिक्षण अस्पतालमा रिले अनशन सुरु गर्ने घोषणा गरेको छ । १० देखि अपरान्ह ५ बजेसम्म अर्थात् ‘अफिस टाइम’मा हुने अनशनमा सक्रिय सहभागिता जनाउनसमेत संघले सबै चिकित्सकहरूलाई अनुरोध गरेको छ ।

डा. केसीको अनशनस्थलबाहिर आइतबार दिउँसो साढे १ बजे भेला भएका आवासीय चिकित्सक, चिकित्सक, तथा विद्यार्थीको समूहलाई सम्बोधन गर्ने क्रममा संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले सो कुरा बताउनुभएको हो । अध्यक्ष डा. श्रेष्ठले गोविन्द केसी अनशन बसेको १९ दिन हुँदासमेत सरकारका तर्फबाट औपचारिक वार्ताको थालनी नहुनु दुःखद् रहेको बताउनुभयो । उहाँले आवश्यक परेको खण्डमा आफूहरू मध्यस्थता गर्न चाहेको समेत उल्लेख गर्नुभयो ।

संघले आफ्नो रिले अनशनको कार्यक्रम आफ्ना देशभरका जिल्ला शाखामा पनि जारी रहने बताएको छ । त्यसअघि बोल्दै नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनका अध्यक्ष डा. सुमित पाण्डेले जनतामुखी चिकित्सा ऐन आउनुपर्ने माग राख्दै अनशन बसेका डा. केसीको माग पूरा गर्न दबाव दिनु पर्ने बताउनुभयो । उहाँले चिकित्सकहरूको मूल संस्था चिकित्सक संघ आन्दोलनमा कछुवा गतिमा हिँडेको समेत आरोप लगाउनुभयो ।

डा. केसी आफूसँग १५ औँ अनशनमा भएका सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक आउनु पर्नेलगायतका माग राख्दै १९ दिनदेखि अनशनरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया