Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

सन्तुलित दिनचर्या
तनाव व्यवस्थापनका लागि सन्तुलित दिनचर्या एकद महत्वपूर्ण  हुन्छ । त्यसैले, जीवन र दैनिक कार्यलाई आवश्यकता र  महत्वपूर्ण  आधारमा वर्गीकरण गरी समय निर्धारण गर्नुपर्छ । त्यस्तै, नियमित व्यायाम र आरामले तनावबाट मुक्ति पाउन सकिन्छ ।
 सामूहिक सहभागिता
आफ्नो जस्तै रुचि भएका व्यक्ति वा साथीको समूहमा सहभागी हुने गर्नुहोस् । र, रुचिका विषयमा कुराकानी, छलफल आदि गरेमा मानसिक रूपमा स्वस्थ रहन सहयोग पुग्छ ।
 काममा व्यस्त 
मनमा धेरै कुरा खेलाइरहँदा मानसिक स्वास्थ्यमा निकै असर पर्ने भएकाले कतिपय अवस्थामा मानिसमा डिप्रेसन हुने सम्भावना रहन्छ । तसर्थ, आफ्नो ध्यान बहलाउन सकेसम्म काममा व्यस्त रहन आवश्यक हुन्छ ।
 तनावको सामना 
तपाईँलाई कस्तो अवस्था र व्यवहारले तनाव हुन्छ ? र, त्यसवेला तपाईँ कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? यो मुख्य हो । यदि, तपाईँ कोही व्यक्तिको व्यवहारका कारण तनावमा हुनुहुन्छ भने त्यसको तुरुन्तै प्रतिकार गर्नुहोस् ।

तपाईको प्रतिक्रिया