Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौं –  उखु नेपालको एक प्रमुख नगदेबाली हो । यो हिउँदमा खान लायक हुन्छ । तसर्थ, अहिले उखु किसानका लागि उपयोगी समय हो । उखु व्यावसायिक खेतीसँगै घरायसी प्रयोजनका लागि समेत लगाइन्छ  ।

– गाउँघरतिर उखु काँचै खाने चलन बढी छ । साथै, पेलेर गुद वा सख्खर बनाएर खाइन्छ । उखुमा चिनीको मात्रा बढी हुन्छ । ठीक मात्रामा उखु वा उखुजन्य पदार्थ सेवन गर्दा स्वास्थ्यका लागि फाइदा नै हुन्छ । यद्यपि, उमेर र अवस्था हेरेर उखु खान आवश्यक छ । जस्तै, बढी शारीरिक परिश्रम गर्ने मानिस अर्थात् क्यालोरी बढी खपत हुनेले उखु खाएमा त्यसले खासै
असर गर्दैन ।

– उखुमा क्यालोरी बढी नै हुन्छ । त्यस्तै, कार्बोहाइड्रेट र ग्लुकोज पनि पाइन्छ । यसर्थ, उखु खाएमा ऊर्जा दिने, स्फूर्ति बढाउने, रगतमा ग्लुकोजको मात्रा कायम हुन्छ । तर, फाइदा हुने नाममा धेरै उखु सेवन गर्नु पनि हानिकारक हुन्छ भन्ने बुझ्न जरुरी छ ।

– स्वस्थ व्यक्तिका लागि सामान्यतया दिनमा २५ सयदेखि तीन हजार क्यालोरी आवश्यक हुन्छ । जो ब्रेकफास्टदेखि बेलुकाको खानासम्मका लागि हो । हो, उखुमा दिनभरलाई धान्न सक्ने क्यालोरी पाइन्छ । तर, उखु बढी खाएमा मोटोपना बढ्न सक्छ । यसप्रति सचेत हुनुपर्छ ।

– मधुमेहका बिरामीले सकभर उखु नखानु र खाए पनि मात्रा कम गर्न उचित हुन्छ । उखुमा प्रशस्त मात्रामा पाइने सुगरले यस्ता बिरामीलाई असर गर्छ ।

– चिनीको मात्रा दिनमा एक सय ५० ग्रामभन्दा बढी भएमा इन्सुलिनको मात्रा घट्दै जान्छ । जसले उच्च रक्तचाप र कोलेस्ट्रोल बढ्ने सम्भावना रहन्छ ।

– उखुको अत्यधिक सेवनले शरीरमा ग्लुकोजको मात्रा बढेर मोटोपनको सम्भावना उच्च हुन्छ । साथै, मधुमेह लाग्ने खतरासमेत रहन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया