Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – अब वैदेशिक रोजगारीमा जाने नेपालीले बढीमा २०० अमेरिकी डलर मात्रै सटही सुविधा पाउने भएका छन् । राष्ट्र बैंकले ८ माघमा ‘वैदेशिक रोजगारीमा जानेहरूका लागि प्रदान गरिने सटही सुविधा’ बारेको प्रावधान संशोधन गरेर यस्तो नियम लागू गरेको हो ।

यसअघि रोजगारीका लागि विदेश जाने व्यक्तिले ५०० अमेरिकी डलरसम्म लैजान पाउने व्यवस्था थियो । धेरै पैसा सटही दिने व्यवस्थाले डलरको अपचलन भएपछि सटही सुविधा घटाइएको राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताउनुभयाे ।

उहाँका अनुसार ५०० डलर सटही सुविधा लिएर १-२ सय मात्रै बोक्ने, बाँकी पैसा अरूलाई नै बेचेर हिँड्ने गरेको पाइएपछि सटहीको सीमा घटाइएको हो । गएको साउनदेखि मंसीरसम्म ५ महीनामा राष्ट्र ब्यांकसँग रहेको विदेशी विनिमय सञ्चिति ११ प्रतिशत अर्थात् १ अर्ब ३३ लाख ४० हजार अमेरिकी डलर घटिसकेको छ । यसले मुलुकको आयात धान्ने क्षमता कमजोर हुँदै गएको देखाउँछ ।

यसरी विदेशी मुद्राको ढुकुटी खुम्चिन थालेपछि राष्ट्र ब्यांकले विदेशी मुद्रा बाहिरिने उपायहरू घटाउन थालेको हो । यसअघि राष्ट्र बैंकले विदेश भ्रमणका लागि जाने नेपालीले राहदानीबापत पाउने सटही सुविधालाई २५०० डलरबाट घटाएर १५०० डलरमा झारेको थियो । विदेशबाट वस्तु आयात गर्दा पैसा तिर्ने एउटा बाटो टेलिग्राफ ट्रान्फर (टीटी)को सीमा पनि घटाएको थियो ।

तपाईको प्रतिक्रिया