Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ । विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई बैंकले आइतबार एकीकृत परिपत्र गर्दै यसबारे जानकारी गराएको हो ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार नेपाली नागरिकले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्नेछन् । भारू १०० र त्योभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।

भारत सरकार तथा भारतीय रिजर्ब बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका भारु ५०० र भारु १०० दरका नोट चलनचल्तीबाट हटाएको हुँदा त्यस्ता नोटको कारोबार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका भारु २००, भारु ५०० र भारु दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न नपाइने व्यवस्था बैंकले गरेको छ ।

तपाईको प्रतिक्रिया