Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – नेपालमा स्वस्थानी व्रतको सुरुवात १६ औँ शताब्दीबाट सुरु भएको मानिन्छ ।

हरेक वर्ष पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत चल्छ । यो हिन्दू महिलाले गर्ने कठिन व्रत हो । यस व्रतमा विभिन्न नियम पालना गर्नुपर्छ । हरेक दिन नङ काटेर स्नान गर्ने, स्वस्थानी व्रतकथा वाचन गर्ने, सात्विक भोजन गर्ने, भुइँमा सुत्ने, एक छाक मात्र खानेजस्ता कठिन नियम पालना गर्नुपर्ने हुन्छ ।

पश्चिमी संस्कृतिले गाँज्दै गएको नेपाली समाजका लागि आफ्नो रीतिरिवाज, परम्परा, संस्कृति बचाउने पर्व हो । स्वस्थानीले प्रत्येक मानिसलाई इमानदार, कर्तव्यनिष्ठ, अनुशासित, निरपराधी बनाउन प्रेरणा प्रदान गर्छ ।

फाइदा
– व्रत बस्दा शारीरिक र मानसिक दुवै फाइदा मिल्छ । आयुर्वेदअनुसार स्वस्थ मानिसले व्रत बस्दा शरीरलाई लाभ हुनुका साथै मन शान्त हुन्छ ।
– व्रत बसेकै कारण पाचन प्रणाली बलियो हुनुका साथै शरीरबाट विषाक्त वस्तु बाहिर निस्कन सहयोग गर्छ ।
– हप्तामा एक दिन व्रत बस्दा शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ ।
– व्रतले शरीर हलुका बनाउनका साथै मनमा शान्ति र दिमाग तेज हुन्छ ।
– विकसित देशमा बढी आत्महत्या हुने गर्छ । यसको मुख्य कारण मानसिक विचलन हो । व्रत बस्दा मानिस मानसिक हिसाबले शान्त हुने हुन्छ । उसले धैर्य गर्ने ऊर्जा पनि प्राप्त गर्छ । यसर्थ, व्रत बस्ने गरेमा आत्महत्याका घटनामा समेत कमी आउँछ भन्ने विश्वास गर्न सकिन्छ ।
– मानिसमा आध्यात्मिक धारणाको विकास हुन्छ । जसले जप, ध्यान, योग गर्ने वातावरण सिर्जना गर्दछ र आत्मसन्तुष्टि प्रदान गर्छ ।

बेफाइदा
– व्रत बस्ने संस्कार धर्मसँग जोडिएको छ । यसर्थ, व्रत बस्ने नाममा कतिपयले खानपान पूरै बन्द गर्ने गरेका छन् । यस्तो कार्यले कहिलेकाहीँ स्वास्थ्यमा नकारात्मक असर पर्ने गर्छ ।
– बिरामीले व्रत बस्नु हँुदैन । बसेमा स्वास्थ्यमा झनै जटिलता थपिन्छ । बिरामीले बस्नैपरे कम्तीमा पनि फलफूल, पानीजस्ता पदार्थ खान आवश्यक छ ।
– नियमित व्रत बस्दा बोसोयुक्त कोष पग्लिन थाल्छ । यसकारण धेरै व्रत बस्ने गरेमा शरीरमा आवश्यक तौलको कमी हुन्छ । अन्ततः यसले समस्या निम्त्याउँछ ।
– स्तनपान गराइरहेका महिलाले व्रत बस्नु हँुदैन । साथै, व्रत बसेको वेला कडा शारीरिक परिश्रमसमेत गर्नु हुँदैन ।

तपाईको प्रतिक्रिया