Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – निजी क्षेत्रको हवाइ सेवा सञ्चालक श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि अनुमति माग गरेको छ । एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति माग्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको हाे ।

हेलिकप्टरका लागि अन्तर्राष्ट्रिय उडान लाइसेन्स भएको श्रीले यात्रुवाहक जहाजका लागि नियमित उडान गर्न भन्दै अनुमति मागेको हो । मन्त्रालयले श्रीलाई अनुमति दिने सम्बन्धमा नागरिक उड्डयन प्राधिकरणको राय मागेको छ । मन्त्रालयले अनुमति दिएपछि श्रीले प्राधिकरणबाट उडान सञ्चालन प्रमाणपत्र पाउनुपर्छ । ५० करोड चुक्ता पुँजी भएको श्री एयरलाइन्सले २ जहाजबाट अन्तर्राष्ट्रिय उडान गर्दा २५ करोड पुँजी थप गर्नु पर्नेछ ।

सन् २०१७ देखि आन्तरिक फिक्स्ड विङबाट उडान सुरू गरेको श्रीसँग हाल ५० सिट क्षमताका बम्बार्डियरका सिआरजे २ र ७० सिट क्षमताका २ जहाज छन् । यिनै जहाजबाट श्रीले भारतका अहमदावाद, कलकत्ता, बंगलादेशको ढाका उडान गर्ने भन्दै अनुमति माग गरेको हो । अन्तर्राष्ट्रिय उडानको व्यापारमा हाल विदेशी एयरलाइन्सको बर्चस्व रहँदै आएको छ । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानको व्यापारको ९० प्रतिशत हिस्सा विदेशी एयरलाइन्सले लिने गरेका छन् ।

अहिले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गरिरहेका छन् भने बुद्ध एयरले भारतको बनारसमा उडान गरिरहेको छ । बुद्धले वैशाखदेखि काठमाडौं-कलकत्ता उडान परीक्षणको रूपमा गर्ने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया