Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – डा. गोविन्द केसीलाई कांग्रेस नेता गगन थापाले भेटनुभएको छ ।

शिक्षण अस्पतालमा उपचारारत डा. केसीलाई भेट्न पुगेका थापाले केसीको स्वास्थ अवस्थाबारे कुनै प्रतिक्रिया दिनुभएन ।

स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९ दिनदेखि इलाममा अनसनरत डा. केसीलाई बिहीबार सेनाको नाइटभिजन हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

बिहिबार राति १० बजेर ३ मिनेटमा इलाम अस्पतालबाट उहाँलाई भद्रपुरसम्म एम्बुलेन्समा ल्याइएको थियो । इलाममा हेलिकोप्टर ल्याण्ड गर्न असम्भव भएपछि भद्रपुरबाट उहाँलाई काठमाडौँ ल्याइएको उहाँका सहयोगीले बताएका छन् ।

उहाँको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आईसियुमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया