Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मस्तिष्क पक्षाघात ज्यानै लिन सक्ने रोग हो ।  यसर्थ, जोसुकैलाई मस्तिष्कघात हुन सक्छ । तर, यस्तो समस्या हुनुभन्दा केही दिनअघि शरीरले केही संकेत दिने गर्छ । यस्ता लक्षणको समयमै पहिचान गरी उपचार गर्नतर्फ लागे सम्भावित खतराबाट बच्न सकिन्छ ।
-बोल्ने र सम्झने क्षमतामा बिस्तारै समस्या देखिन थाल्छ ।
-आवाजमा समस्या देखिन्छ । बोल्न खोज्दा बोली नै लरखराउन थालेमा त्यसलाई मस्तिष्क पक्षाघातको संकेतका रूपमा बुझ्न सकिन्छ ।
-अनुहार, हात र खुट्टामा कमजोरी देखिन थाल्छ ।
-मस्तिष्क पक्षाघात हुँदै छ भने हेर्दा (एउटा वा दुवै आँखाले) निकै पीडा महसुस हुन्छ ।
-अकस्मात् साह्रो गरी टाउको दुख्ने गर्छ । यसका साथै बान्ता, बेहोस हुने, चक्कर आउनेलगायतका समस्या देखिन्छ ।
-चहलपहल गर्दा खुट्टा दुख्ने गर्छ । अलिकति मात्र हिँड्दा पनि खुट्टा लरखरिन थाल्छ ।

तपाईको प्रतिक्रिया