Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – आठ दिनदेखि इलाममा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको छ । इलाम अस्पतालका डाक्टर बिजेन्द्र कुमार शाहको अनुसार उहाँको शरीरमा रगत र चिनीको मात्र कम हुँदै गइरहेको छ भने संक्रमण बढ्दै गएको छ ।

संक्रमण बढेपछि उनलाई सुइमार्फत् एन्टिवायोटिक दिइएको छ । चिसोको कारण निमोनिया पनि भएको छ । पछिल्लो रिपोर्ट अनुसार डा. केसीको टाउको दुखेको, पेट पोलेको, खुट्टाको मांशपेशी दुखेको र स्वास फेर्न अप्ठ्यारो हुन थालेको छ । उहाँको रोग प्रतिरोधातम्क क्षमता कमजोर बन्दै गइरहेको छ ।

शाहले भन्नुभयाे, ‘उमेर बढी र मुटुको बिरामी भएकाले उहाँ खतरामुक्त हुनुहुन्न । यहाँ चिसो पनि छ निमोनिया भएकाले गाह्रो छ ।’ डा. केसीको स्वास्थ्य गम्भीर हुँदै गएपछि उहाँको उपचारमा संलग्न चिकित्सकले उहाँलाई तत्कालै आइसीयू तथा सीसीयूमा सार्न सुझाव दिइरहेका छन् । तर, इलाममा उक्त सुविधा छैन ।

तपाईको प्रतिक्रिया