Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – प्रहरीले ३५ लाख नगदसहित काठमाडौँको न्युरोडबाट दुई हुन्डी कारोबारीलाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा काठमाडौँको न्युरोडको भूगोलपार्क अगाडिबाट उक्त रकमसहित दुइ जनालाई पक्राउ परेको हो ।

पक्राउ पर्नेमा ललितयुर महानगरपालिका २ का ३८ वर्षीय सुनिल श्रेष्ठ र सोलुखुम्बु नेचासल्यान गाउँपालिका ७ का ५५ वर्षीय भरतबहादुर बस्नेत रहेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा शंकाको घेरामा राखेका भरतबहादुर थापाको बा ७ च २५६९ नं कारमा रहेको अवस्थामा चेकजाँच गर्दा उनले बोकेको निलो झोलामा ३५ लाख भेटिएको र त्यसको स्रोत खोज्दा खुलाउन नसकेका कारण उनलाई नियन्त्रणमा लिएको थियो ।

पछि उनले त्यो रकम बिशालबजारमा रहेको कन्टिनेन्टल मनि एक्स्चेन्जका संचालक सुनिल श्रेष्ठले दिएको बताएपछि प्रहरीले श्रेष्ठलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुबैजनाविरुद्ध राजश्व छलीको मुद्दामा कारबाही हुने प्रहरीले जनाएको छ । उनीहरुलाई राजश्व अनुसन्धान बिभागमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया