Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

इलाम – दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीको रक्तचाप कम हुँदै गएपछि जिल्ला अस्पताल इलाममा लैजाने तयारी भएको छ । चिकित्सकहरुले गरेको स्वास्थ्य परीक्षणका क्रममा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या आउन थालेको भन्दै अस्पताल भर्ना गर्न आग्रह गरेका छन् ।

चिकित्सकहरुको सल्लाहअनुसार नै उहाँलाई जिल्ला अस्पतालमा भर्ना गर्ने तयारी भएको हो । तर डा. केसीले अस्पतालमा भर्ना हुन अस्वीकार गर्नुभएको छ । उहाँलाई स्वास्थ्य कमजोर बन्दै गएकाले तत्काल अस्पतालमा जानुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।

डा. केसीलाई अस्पतालमा लैजाने पहल भने जारी रहेको बताइएको छ । इलाममा अत्याधिक चिसो बढेकाले पनि स्वास्थमा समस्या थपिएको हो । चिकित्सा क्षेत्र सुधारलगायतका विषय माग गर्दै उहाँ १६ औं चरणको सत्याग्रहमा हुनुहुन्छ ।

डा. केसीले आफूसँग भएको पूर्वसहमति कार्यान्वयन गर्न सरकारसँग माग गर्दै आउनुभएको छ ।

तपाईको प्रतिक्रिया