Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका सभामुख र उपसभामुखका लागि करोडौँ खर्चेर नयाँ गाडी खरिद गरिएको छ । प्रदेशसभा सचिवालयले एक करोड ४० लाख १० हजारमा सभामुख अर्जुनबहादुर थापा र उप सभामुख निर्मला जोशी बडालको लागि दुईवटा गाडी खरिद गरेको हो ।

प्रदेशसभा सचिवालयको लेखा शाखाका अनुसार सभामुख थापाका लागि ८४ लाख ४५ हजारमा र उपसभामुख बडालका लागि ५५ लाख ६५ हजारमा सुविधासम्पन्न गाडी खरिद गरिएको छ । त्यस्तै प्रदेशसभा सचिवालयका लागि पनि ५५ लाख ६५ हजारमा स्कारपियु गाडी खरिद गरिएको छ ।

तीनवटै गाडी खरिदमा एक करोड ९५ लाख ७५ हजार खर्च भएको लेखा शाखाले जनाएको छ । सभामुख अर्जुनबहादुर थापा तथा उपसभामुख निर्मला जोशीले यि गाडी किन्नु अघि प्रयोग गर्दै आएका गाडी बिग्रिएकाले मर्मत सम्भार भइरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया