Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडाैं – सरकारले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको व्यावसायिक सञ्चालनको जिम्मा जर्मनी कम्पनी म्युनिख एयरपोर्टलाई दिने तयारी गरेको छ ।

सरकारले जर्मन सरकारको पनि स्वामित्व भएको कम्पनीलाई उक्त विमानस्थल सञ्चालन गर्न दिने तयारी गरिरहेको हो । नागरिक उड्डयन प्राधिकरण बोर्डले जर्मनीको म्युनिख विमानस्थल सञ्चालन गरिरहेको उक्त कम्पनीलाई गौतम बुद्ध विमानस्थलको सञ्चालन दिने निर्णयसमेत गरिसकेको छ । खुल्ला प्रतिस्पर्धाबाट नभइ दुई सरकारबीचको सम्झौताबाट दिने भएकोले यो निर्णय मन्त्रिपरिषदबाट पारित हुनपर्छ ।

जर्मन सरकारको २६ प्रतिशत स्वामित्व भएको म्युनिख विमानस्थललाई गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा दिने बारे प्राधिकरणले निर्णय गरेपनि उक्त प्रस्ताव संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भने पुगेको छैन ।

तपाईको प्रतिक्रिया