Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – अघिल्लो तहमा जुनसुकै विषय लिएका विद्यार्थीले पनि विश्वविद्यालयमा स्नातक तहमा पत्रकारिता अध्ययन गर्न पाउने भएका छन् । त्रिविको प्रवीणता प्रमाणपत्र तह खारेजपछि दस जोड दुईमा अरू विषय पढेर आउनेलाई पनि स्नातक तहमा पत्रकारिता विषय अध्ययन गर्न खुला गरिएको हो ।

त्रिविको मानविकी संकायका निमित्त डीन प्रा. डा. ताराकान्त पाण्डेले त्रिविमा प्रमाणपत्र तह नभएको र विद्यार्थीहरू दस जोड दुईबाट आउनुपर्ने भएकोले सबै क्षेत्रका लागि स्नातकमा पत्रकारिता खुला गरिएको जानकारी गराए । त्रिवि एकेडेमिक काउन्सिलको केही दिनअघि बसेको बैठकले मानविकी संकायमा विद्यार्थी आकर्षण गर्न यस्तो निर्णय गरेको हो । ०३३ सालमा पत्रकारिता विषयको अध्यापन सुरु भएपछि स्नातक तहमा सबैका लागि पहिलोपटक खुला गरिएको हो ।

व्यवस्थापन र मानविकी संकायका धेरै विषय अरू क्षेत्रबाट आउनेका लागि खुला भइसकेको छ । पत्रकारितातर्फ अहिलेसम्म अघिल्लो तहमा पत्रकारिता अध्ययन गरेका विद्यार्थीले मात्र त्रिविमा भर्ना पाउने गरेका थिए । अब भने त्रिविले जुनसुकै संकायबाट दस जोड दुई उत्तीर्ण गरे पनि मानविकी संकायअन्तर्गत स्नातक तहमा पत्रकारिता विषयमा विद्यार्थी भर्ना लिनुपर्ने भएको छ । विज्ञान, व्यवस्थापनलगायत अन्य विषयमा दस जोड दुई उत्तीर्ण गरेका विद्यार्थीले आगामी शैक्षिक सत्रदेखि पत्रकारिता, अंग्रेजी, कला, नेपालीलगायत मानविकी संकायका सबै विषयमा स्नातक तहमा भर्ना पाउने भएका छन् । ***

त्रिविमा रत्नराज्यलक्ष्मी क्याम्पसबाट ०३३ सालमा पत्रकारिता विषय अध्यापन सुरु भएको थियो । ०५८ सालदेखि स्नातकोत्तर तहमा समेत पत्रकारिता विषय पढाइ भइरहेको छ । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया