Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – योग यति र यस्तो गर्न सकिन्छ भन्ने हुँदैन । नर्मल स्वास्थ्य भएको व्यक्तिले कम्तीमा ४५ मिनेटदेखि एक घन्टासम्म गर्न सक्छ । दक्ष प्रशिक्षकको प्रशिक्षणमा रहेर योग गर्दा १५ दिनदेखि प्रभाव महसुस गर्न सकिन्छ ।

-सामान्य बुझाइमा योग फिजिकल फिटनेसका लागि गरिने एक्सरसाइज हो भन्ने छ । तर, यति मात्र होइन । योभन्दा धेरै हो । योगले बडी, माइन्ड, इमोसनमा भएका विकार, अप्ठ्यारोपनलाई हटाउन मद्दत गर्छ ।

-अभ्यास गर्दै जाँदा हाम्रो शक्ति, अंगप्रत्यंगहरू स्वस्थ र सक्रिय हुन्छ । हाम्रो सत्यानन्द पद्धतिअनुसार योग गर्ने विभिन्न स्तर हुन्छ । यो पद्धतिअनुसार आसनहरू गर्दा खाली शारीरिक रूपमा मात्र नभएर मन र भावनामा पनि प्रभाव पर्छ । मनोवैज्ञानिक र आध्यात्मिक हुन्छ ।

-सिुक्ष्म आसन भनेको जोर्नीहरूका लागि गरिने योग अभ्यास हो । यसलाई योगको प्रमुख कडी मानिन्छ । त्यसपछि पेट, ढाड, आँखालगायतका लागि १२ वटा आसन हुन्छ । योग गर्ने व्यक्तिको आवश्यकताअनुसार योग आसन गराइन्छ ।

-अहिले टिभीमा हेरेर योग गर्ने प्रचलन पनि बढेर गएको छ । टिभीमा हेरेर गर्दा वान वे माध्यम हुने हुँदा शरीरलाई आवश्यकता पर्ने योग आसन बुझ्न सकिँदैन । जसले गर्दा नकारात्मक असर पर्न सक्छ । यो साधारण माध्यम भएकाले साधारण प्रभाव पर्छ ।

-१० दिनको मात्र पनि प्रशिक्षण लिन सकिने हुँदा त्यसपछि आफैँ गर्न सकिन्छ । दक्ष प्रशिक्षकको सिकाइमा गर्न जरुरी छ ।

तपाईको प्रतिक्रिया