Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

काठमाडौं – वापुस्तादेखि वृद्धसम्मले टाउको दुख्ने समस्याले हैरान भएको दुखेसो पोखिरहन्छन् । टाउको दुखेकै कारण आफ्नो दैनिक काम गर्न नसक्ने पनि धेरै छन् । कतिपय जति औषधि खाँदा पनि टाउको दुख्न कम नभएको दुखेसो पोखिरहन्छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

हाम्रो दैनिक अव्यवस्थित जीवनशैली, खानपान, धुवाँधुलो, तनाव, अनावश्यक सोचाइ इत्यादि कारणले टाउको दुख्ने समस्या भइरहन्छ । हामीले हाम्रो दैनिक जीवनशैली परिवर्तन गर्‍यौँ भने पक्कै पनि टाउकोदुखाइ कम हुन्छ । अव्यवस्थित जीवनशैली त्यागेर योग अभ्यासमा ध्यान दिएको खण्डमा टाउकोदुखाइको समस्याबाट छुटकारा पाउन सकिन्छ ।

-खाली पेटमा योगा गर्दा सबैभन्दा उत्तम हुन्छ । आफ्नो समयअनुसार बिहान, दिउँसो र बेलुका गर्दा हाम्रो शरीरलाई फाइदा पुग्छ ।

-पहिले आफूलाई सजिलो हुने आसन छान्नुपर्छ । ता कि योग समयमा अरू केहीको परवाह नगरी आफ्नो ध्यान योगमा मात्र लगाउन सकियोस् । बस्न सहज र योग क्रियाका क्रममा कुनै अवरोध नहुने आसन रोज्नुपर्छ ।

-शरीरलाई आरामसँग राख्नुपर्छ । योगका क्रममा शरीरलाई चलाउँदा शरीरका सबै अंग राम्रोसँग चलाउन सक्नुपर्छ ।

-ढाड, गर्दन सीधा पारेर चकटीमा बस्नुपर्छ । ढाड गर्दन सीधा भएन भने गरिरहेको योग विधिले हाम्रो शरीरलाई नकारात्मक असर गर्न सक्छ ।

-पहिले दायाँ हातलाई नासिका मुद्रा बनाएर, श्वास दायाँबाट लिई बायाँबाट फाल्नुहोस् र पुनः बायाँबाट श्वास लिई दायाँबाट फाल्नुहोस् । त्यस्तै, यो प्रक्रिया उल्टोबाट गर्नुहोस् । अभ्यास कमसेकम १० मिनेटसम्म गर्नुहोस् । यसले गर्दा हाम्रो टाउकोमा अक्सिजन पुग्छ ।

-यो क्रममा श्वास तान्ने प्रक्रिया समान हुनुपर्छ । कुनैमा छिटो, कुनैमा ढिलो गर्नुहुँदैन । यस्तो प्रक्रियालाई बिस्तारै–बिस्तारै बढाउँदै लान सकिन्छ ।

तपाईको प्रतिक्रिया