Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – केही दिनदेखि बढिरहेको अमेरिकी डलरको भाउ बिहीबार भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि अमेरिकी डलरको विक्रिदर १ सय १५ रुपैयाँ ८० पैसा तोकेको छ । बुधबार १ सय १६ रुपैयाँ ६१ पैसामा विक्रि भएको डलर आज ८१ पैसा घटेको हो । यस्तै, बुधबार अमेरिकी डलर १ को खरिददर १ सय १६ रुपैयाँ  १ पैसा रहेकोमा आज घटेर १ सय १५ रुपैयाँ २० पैसा भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेको र अमेरिकी अर्थतन्त्र बलियो बन्दै गएकोले डलरको भाउ लगातार बढीरहेको अर्थविदको तर्क छ । सन् २००० को जनवरी १ मा एक अमेरिकी डलरको मूल्य ६८ रुपैयाँ ४ पैसा थियो ।

भारतसँगको स्थिर विनियम दरका कारण अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा पनि स्वत डलरको भाउ महंगो हुने गरेको छ ।

तपाईको प्रतिक्रिया