Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – जापान सरकारले सिरहामा रहेको फूलकुमारी महतो मेमोरियल अस्पताललाई ‘मोवाईल क्लिनिक कार’ उपलब्ध गराएको छ । नेपालका लागि जापानी राजदुत मासासीशी ओगावाले आज एक कार्यक्रमकाबीच फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डा. शिवशंकर साहलाई ‘मोबाईल क्लिनिक कार’ हस्तान्तरण गर्नुभयो । बिरामीको घरमै गएर उपचार गर्न सकिने विशेषज्ञ सेवा समेत उपलब्ध हुने व्यवस्थासहितको सो कार नेपालका लागि अति उपयोगी हुने अस्पतालका मेडिकल डाईरेक्टर साहले जानकारी दिनुभयो । औषधि, चिकित्सक र बिरामीहरुलाई केयर गर्ने एउटा बेडको समेत व्यवस्था गरिएको सो क्लिनिक कार अस्पतालले मध्य तराईका सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र घनुषाका विरामीहरुको सेवामा परिचालन गर्ने योजना बनाएको छ । अस्पताल प्रशासन र जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था आईज्याक नेपालको पहलमा सो मोवाईल क्लिनिक कार जापान सरकारले सो अस्पताललाई उपलब्ध गराएको हो । अस्पतालले सो सेवालाई ग्रामीण जनताको घरदैलोमा पुर्याउने व्यवस्थाका लागि सडकको उचित व्यवस्था गर्न सरकारसँग माग पनि गरेको छ । अस्पतालका मेडिकल डाईरेक्टर साहले सो मोवाईल क्लिनिकको सेवा ग्रामीण जनताको घरदैलोमा पुर्याउन आवश्यक पर्ने सडकको उचित व्यवस्था गर्न माग गर्नुभयो । गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफ्नो आमाको स्मृतिमा सो अस्पताल स्थापना गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया