Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन १८, २०८१
Friday, October 4, 2024

काठमाडौं – नेप्से परिसूचक आज पनि घटेको छ । उत्पादन र माइक्रोफाइनान्स बाहेक सबै समूहको परिसुचक घटेकाले नेप्से परिसूचक आज ८ अंकले ओरालो लागेको हो । परिसूचक आज ८ दशमलब १ अंकले घटेर १२ सय ११ बिन्दुमा झरेको छ ।

नेप्सेसँगै कारोबार रकम पनि आज करिब ५ करोड रुपैयाँले घटेको छ । आज २७ करोड ७४ लाख रुपैयाँको ११ लाख ५९ हजार कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ । नेप्से परिसूचक र कारोबार रकम घटे पनि सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्थालगायत केही कम्पनीका शेयरधनीहरुले भने कमाएका छन् । सपोर्ट माईक्रोफाइनान्सका शेयरधनीले आज १० प्रतिशत कमाएका छन् ।

यस्तै आरम्भ माईक्रोफाइनान्स वित्तीय संस्था र मेरो फाइनान्स वित्तीय संस्थाका लगानीकर्ताहरुले १० प्रतिशत कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा बढी १० प्रतिशत गुमाएका छन् । यस्तै ‘क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि आज घटेको छ । सेन्सेटिभ इन्डेक्समा २ अंकको गिरावट आएको छ ।

तपाईको प्रतिक्रिया