Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – कुनै रङ प्रयोग गरेको कपाल छ भने बाक्लो र बढी मोस्चर भएको तेल प्रयोग गर्नुहोस् ।

-कपाल बढी नै सुक्खा छ भने नरम बनाउन सक्ने प्रकृतिको तेल हुनुपर्छ । यस्तो कपालमा नुहाउनुअघि नरिवलको तेलले मसाज गरेर तीन घन्टापछि पखाल्नु राम्रो हुन्छ ।

-कुनै पनि रङ प्रयोग नगरे पनि कसैको कपाल सामान्य अवस्थामै सुक्खा हुन्छ । यस्तो कपालमा जैतुनको या तोरीको तेलले मसाज गर्नु उपयुक्त हुन्छ । कपालको जरैदेखि भिज्ने गरी मसाज गरेर दुई घन्टापछि पखाल्नुपर्छ ।

-सामान्य कपालमा पनि क्वालिटी मेन्टेन गर्न नुहाउनुअघि तेल मसाज गर्नु राम्रो हुन्छ । यस्तो कपालमा बदामको तेल उपयुक्त हुन्छ । मसाज गरेको दुई घन्टापछि पखाल्नुपर्छ ।

-नुहाउनुअघि बढी मोस्चर भएको तेल राम्रोसँग तताएर मनतातो भएपछि लगाउनु उपयुक्त हुन्छ ।

-नुहाएपछि लगाउने तेल ननस्टिकी (मोस्चर कम भएको) हुन जरुरी छ । यस्तो तेलले कपाल नरम राख्छ भने चिपचिप हुन दिँदैन ।

तपाईको प्रतिक्रिया