Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र ५ देखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुख गनाउने समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो । समस्या कम गर्न अपनाउन सकिने उपाय यस्ता छन् :

-धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने । धेरै तातो र धेरै चिसो नखाने ।
-मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने ।
-हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने ।
-मुखमा खानेकुरा राखेर नसुत्ने ।
-बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने ।
-बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।
-रिेसा भएको र पोसिलो खानेकुरा खाने ।
-पानी प्रशस्त पिउने ।
-वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लस प्रयोग गर्न पनि सकिन्छ ।
-नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने ।
-फ्लोराइडयुक्त मञ्जन प्रयोग गर्ने ।
-हरेक ५ महिनामा दाँत जँचाउने ।

तपाईको प्रतिक्रिया