Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

१. सबैभन्दा पहिला आफूमा नकारात्मक सोच र व्यवहार कसरी हावी भयो भन्ने पत्ता लगाउनुपर्छ । त्यसपछि नकारात्मक कुरालाई चिर्दै आफूभित्रको सकारात्मक पक्षलाई उजागर गर्दै जानुपर्छ ।

२. डर, चिन्ता, तनावलगायतका विभिन्न डिसअर्डरले हाम्रो अनुभव र व्यवहारलाई प्रभावित गरिरहेको हुन्छ । त्यसैले के कुराले डर सिर्जना गरेको छ, पत्ता लगाएर ती कुराबाट टाढा हुनुपर्छ ।

३. डिप्रेसन प्रायः सबै उमेर समूहका व्यक्तिमा देखिन्छ । यसको प्रभावस्वरूप व्यक्तिको क्षमतामा गिरावट आउन सक्छ । यस्तो अवस्थामा चिन्ता कम गर्दै लैजानुपर्छ र समस्यासँग जुध्ने क्षमताको विकास गर्नुपर्छ ।


४. कुनै चोटले शरीरको कुनै भागमा समस्या पु-याएको छ भने पनि चिन्ता लिइरहनुपर्दैन । चोट लागेको शरीरको भागबाहेक अन्य भागको नियमित अभ्यास गर्न सकिन्छ ।

५. बिरामी भएको अवस्था छ भने फिट हुनका लागि धैर्य गर्ने र आफ्नो तर्फबाट सक्ने अभ्यास वा व्यायाम गरिरहने गर्नुपर्छ । बिरामी छु भनेर महसुस गरिरहनु पर्दैन ।

६. नकारात्मक सोचभित्र पनि थुप्रै सकारात्मक उद्देश्य लुकेका हुन्छन् । त्यसैले कार्यक्षमता र इच्छाशक्तिलाई सही रूपमा सदुपयोग गर्दै जानुपर्छ ।

तपाईको प्रतिक्रिया