Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – मुलुकी अपराध (संहिता) मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै आन्दोलनरत डाक्टर तथा स्वास्थ्यकर्मीहरुले आज देशभरका स्वास्थ्य संस्थाको प्रशासनिक काम बन्द गरेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा देशभरका डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलनमा छन्। आइतबारदेखि आन्दोलनमा होमिएका उनीहरुले अनिश्चितकालीन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। जसअन्तर्गत आज प्रशासन बन्दको काम रहेको छ।

डाक्टर तथा स्वास्थ्यकर्मीले आइतबार देशभरका स्वास्थ्य संस्थाको आकस्मिक बाहेकका सवै सेवा ठप्प पारेका थिए। डाक्टरहरुको छाता संस्था नेपाल चिकित्सक संघले ऐनको दफामा रहेको परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसूर सम्बन्धमा आपत्ति जनाउँदै चार वटा संशोधनको माग गरेको छ।

यस्तो छ संघले सार्वजनिक गरेको विरोध आगामी कार्यक्रम 
भदौ १८ : देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक काम बन्द

भदौ १९ देखि आकस्मिक बाहेकका बिरामी भर्ना गर्ने कार्य बन्द

भदौ २० देखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द

भदौ २१ देखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवा बन्द

भदौ २२ देखि आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवा बन्द

तपाईको प्रतिक्रिया