Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रायः बालबालिकाले हातका औँला चुस्ने गर्छन् । यो बानी बालबालिकाका लागि सामान्य हो । कतिपय औँला चुस्ने बच्चाका अभिभावकलाई यो ठूलो चिन्ताको विषय हुन्छ । किनकि, यही बानीका कारण कैयौँ शारीरिक समस्या पनि निम्तिन सक्छ । बालबालिकाले औँला चुस्ने विभिन्न कारण हुन्छन् । उनीहरूको यस्तो लतलाई समयमै छुटाउन नसके यसले गलत परिणाम पनि ल्याउन सक्छ ।

भोकका कारण
बालबालिका भोकाइरहेका हुन्छन्, तर यो कुरा अभिभावकलाई थाहा नहुन पनि सक्छ । भोकाएको अवस्थामा दूध वा कुनै खानेकुरा नमिलेको अवस्थामा बालबालिकाले आफ्ना औँला चुस्न सुरु गर्छन् ।

आरामका लागि
यो थाहा पाउँदा तपाईं आश्चर्यमा पर्न सक्नुहुन्छ कि बालबालिकाले आराम लिनका लागि पनि औँला चुस्ने गर्छन् । उनीहरूले पनि कहिलेकाहीँ स्ट्रेसको अनुभूति गर्छन् । त्यसैले आफूलाई कम्फर्ट पार्न पनि उनीहरूले औँला मुखमा राख्छन् ।

तनाव
ठूला मानिसलाई मात्र तनाव हुन्छ भन्ने सोच्नुहुन्छ ? यदि यस्तो सोचिरहनुभएको छ भने गलत हुनुहुन्छ । जब तनाव हुन्छ, तब मानिसमा भोक मरेर जान्छ । कतिपयलाई तनावको अवस्थामा अझ बढी भोक लाग्ने गर्छ । बालबालिकामा पनि यस्तो स्थिति आउँछ । जुनकुनै वेला बालबालिका तनावमा हुन सक्छन् । त्यति वेला बालबालिकाले कुनै न कुनै प्रकारको खाना खोज्न सक्छन् । अनि कुनै खानेकुरा नभेट्दा उनीहरूले औँला चुस्ने गर्छन् ।

सुरक्षाका लागि
कहिलेकाहीँ सुरक्षा पाउन पनि बालबालिकाले औँला चुस्ने गर्छन् । यदि लामो समयसम्म आफ्ना आमाबुबालाई वरिपरि नभेटेमा उनीहरूले असुरक्षाको महसुस गर्छन् । आमाबुबाबाट माया नपाउँदा पनि बालकालिकाले औँला चुस्ने गर्छन् ।

यसरी छुटाउनुस् लत
जब बालबालिकाले एक्लो महसुस गर्छन् अनि औँला चुस्न सुरु गर्छन् । त्यसैले सकेसम्म लामो समय बच्चाको साथमा बिताउने प्रयास गर्नुपर्छ । कहिलेकाहीँ टाउको पनि हल्लाइदिनुपर्छ । ताकि बालबालिकाले मुखमा औँला हाल्नबाट बचोस् ।

छोटो–छोटो समयमा तपाईंले आफ्ना बालबालिकालाई कुनै न कुनै खानेकुरा दिनुपर्छ । उनीहरूको उमेरअनुसार फलफूल, दूधलगायतका खाद्यपदार्थ दिन सकिन्छ । ताकि बच्चाको पेट भरिएर मुखमा औँला राख्न छोडोस् ।

बच्चाको औँलामा कागती र निमको रसको पेस्ट बनाई दलिदिन पनि सक्नुहुन्छ । यसको स्वाद नमिठो हुने भएकाले बच्चाले मुखमा औँला राख्ने बानी छुटाउन सक्छ ।

यदि तपाईंको बच्चाले पटक–पटक मुखमा औँला राख्ने गर्छ भने उनीहरूलाई कहिल्यै पनि रिस उठ्ने र समस्या सिर्जना गर्ने कुरा सुनाउनुहुन्न । यस्ता बच्चालाई त स्नेहपूर्वक प्रेम र मायाको कुरा गर्नुपर्छ । त्यसपछि उनीहरूमा यस्तो लत छुटेर जान सक्छ ।

तपाईको प्रतिक्रिया