Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – कलेजो हाम्रो शरीरको महत्वपूर्ण अंगमध्येको एक हो । यसले खाना पचाउने कार्यमा मद्दत पु-याउँछ । यसले प्रोटिनको सिन्थेसिस, पाचन प्रक्रियाका लागि बायोकेमिकल्स र मेटाबोलाइट्सबाट अनावश्यक तत्वलाई हटाउने काम गर्छ । असन्तुलित जीवनशैलीका कारण कलेजोमा असर पुग्छ । त्यसैले यसलाई स्वस्थ राख्न जरुरी हुन्छ । कलेजोमा भएको समस्याबारे यसरी थाहा पाउन सकिन्छ :-

विभिन्न रोगका कारण कलेजोमा असर पर्न जान्छ । त्यसमध्ये एक हो, जन्डिस । यसले कलेजोलाई अत्यधिक असर पार्छ । जन्डिसले आँखा र छाला पहेँलो हुँदै जान्छ । र, यसको प्रभाव कलेजोमा देखिन जान्छ । त्यसैले जन्डिस भएको थाहा पाउनासाथ कलेजो विशेषज्ञसँग सम्पर्क गर्न आवश्यक हुन्छ ।

-कलेजोको समस्या भएमा पेट, खुट्टा, एड्रिया अत्यधिक दुख्ने तथा सुन्निने समस्या हुन्छ ।

-कलेजो समस्याले पिसाबको रङ पनि गहिरो भएर जान्छ । यसका अरू पनि कारण हुन सक्छ तर कलेजोको संक्रमण मुख्य हो ।

-दिसाको रङमा पहेँलोपना र रगत देखिए पनि कलेजोमा समस्या भएको बुझ्नुपर्छ ।

-कलेजोको समस्याले खान मन नलाग्ने र वाकवाकी र बान्ता हुनेलगायतको लक्षण देखाउँछ ।

-तपाईंलाई थकाइ लागिरहन्छ भने पनि सजग हुन आवश्यक हुन्छ । कलेजोको समस्याले पनि यस्तो समस्या निम्तिन्छ ।

-पेटमा हुने सामान्य दुखाइले पनि कलेजोलाई हानि पु-याउँछ । त्यसैले पटक-पटक पेटमा समस्या भएमा हस्पिटल गएर स्वास्थ्य जाँच गराइहाल्नुपर्छ ।

स्वस्थ राख्नुस् कलेजो

-तौल नियन्त्रण गर्ने ।
-फ्याट र बोसो सेवन नगर्ने ।
-खानामा अत्यधिक फाइबर समावेश गर्ने ।
-नियमित व्यायाम गर्ने ।
-आवश्यक मात्रामा पानी पिउने ।

तपाईको प्रतिक्रिया