Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडाैं – केही दिनयता अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड बनाएको छ । बिहीबार र शुक्रबार त्यसअघिका सबै रेकर्ड तोडेको डलरले आइतबार झनै उच्च मूल्य छोएको छ । यस दिन डलर ११४ रुपैयाँनजिक पुगेको छ ।

नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर मूल्य ११३ रुपैयाँ ८९ पैसा तोकेको छ । त्यस्तै खरिददर मूल्य ११३ रुपैयाँ २९ पैसा कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसँगै डलरको मूल्यमा उच्च वृद्धि देखिएको हो ।

त्यस्तै अमेरिकाले व्यापार घाटा कम गर्नका लागि आयातित सवारीसाधनमा समेत कर बढाउने संकेत गरेको छ। जसले गर्दा डलरको मूल्य बढेको हो । यसअघि अमेरिकाले चीन र टर्कीबाट आयात हुने सामानमा कर बढाएको थियो। त्यसयता डलरको मूल्य क्रमिक रुपमा उकालो लागेको हो ।

तपाईको प्रतिक्रिया