Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मुगुको खत्याड गाउँपालिका–८ सुकाढिक गाउँका वसन्त विकले शैक्षिक प्रमाणपत्र धितो व्यावसाय सञ्चालनको लागि निब्र्याजी २ लाख ऋण पाउनु भएको छ ।

जनरल हेल्थ अध्ययन गरेर कतै रोजगार नपाएका विकले आयआर्जनको निम्ति छायाँनाथ बचत तथा ऋण सहकारी संस्थामा आफ्ना सक्कल शैक्षिक योग्यताका प्रमाणपत्र धितो राखेर २ लाख ऋण लिएर किराना पसल सञ्चालन गर्नुभएको छ । दु:खगरी पढेर रोजगार नपाएपछि शैक्षिक प्रमाणपत्र धितो राखेर २ लाख ऋणले दिगो व्यावसाय सञ्चालन गर्ने वसन्तले बताउनुभयो ।

जिल्लामा बसन्त मात्र नभएर ३५ वर्षभन्दा मुनिका दिपक कार्की, जीवन कार्की लगायत ४ जना युवाले पहिलो पटक आज छायाँनाथ बचत तथा ऋण सहकारी संस्थाबाट आयआर्जनको लागि प्रति व्यक्ति दुई लाख रुपैया शैक्षिक लोन प्राप्त गरेका छन् । नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार राष्ट्रिय युवा परिषद् मुगुका ४ जना युवालाई व्यावसाय सञ्चालनको निम्ति छनौट गरी सहकारी संस्थालाई ऋण उपलब्ध गराउन सिफारिस गरेको छ ।

यस जिल्लामा प्रथम पटक युवाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर व्यावसाय सञ्चालन गर्न ऋण प्राप्त गरेको सहकारी संस्थाका कोषाध्यक्ष हरिबहादुर शाहीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया