Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – अमेरिकाको एरिजोना अस्पतालमा काम गर्ने १६ नर्सहरु एकैसाथ गर्भवती भएको विषय यतिखेर मिडियामा चर्चाको विषय बनेको छ । एकैसाथ गर्भवती भएपछि उनीहरु एक आपसमा खुशी साट्न व्यस्त छन् ।

अमेरिकाको मेसामा रहेको अस्पतालको ब्यानर डेजर्ट मेडिकल सेन्टर आकस्मिक स्वास्थ्य केन्द्रमा कार्यरत १६ नर्सहरुले पत्रकार सम्मेलन गरी आफूहरु सबै गर्भवती भएको जानकारी दिएका थिए । उनीहरु सबैले एकसाथ मातृत्वको आभाष गर्दै गर्दा धेरै खुशी रहेको जानकारी दिएका थिए । आठ महिनाकी गर्भवती रोस्सेल सेरमनले भनिन् ‘यो मेरो पहिलो सन्तान हो । सन्तान भएकाहरुको साथ पाउँदा धेरै खुशी भएकी छु । हामीबीच धेरै समानता छन् । हामी सबै एकअर्कासँग खुला छौं । यो धेरै राम्रो हो ।’

सेप्टेम्बर र फ्रेबुअरी महिनामा उनीहरु सबैले सन्तान पाइसक्ने जनाइएको छ । सेरमनका अनुसार फेसबुक ग्रुप सुरु गरेपश्चात मात्र उनीहरु गर्भवती भएको कुरा एकआपसबीच खुलेका थियो । २६ वर्षीया राचेल कसग्रिफ भन्छिन्, ‘पहिला मलार्इ यो अनावश्यक लाग्थ्यो । तर पछि रमाइलो लाग्न थाल्यो । यो मेरो पहिलो सन्तान हो । त्यसैले यसको बारेमा कुरा गर्न कोही साथमा हुनु धेरै राम्रो हो । हामी नर्सहरु हौं । त्यसैले गर्भवती भइरहँदा हामीहरु त्यस सम्बन्धी गोप्य कुराहरु गर्न डराउँदैनौं । हामी एकअर्कासँग असल अभिभावक कसरी बन्ने बारेमा छलफल गर्नेछौं ।’

गर्भवती नर्सका रुपमा अस्पतालमा काम गरिरहँदा केही समस्याहरु भोग्नु परेको बताउँछिन् २८ वर्षिया सामानथा टेल । टेल भन्छिन् ‘बिरामीहरुलार्इ स्याहार गर्दा उनीहलार्इ उठाउन र सार्न खोज्नु सबैभन्दा गाह्रो कुरा हो । त्यसैले गर्भवती भएका अरु साथीहरु निकै मिलनसार छन्। त्यसैले हामी सबै मिलेर एक साथ ‘बेबी सावर’ गर्दैछौं ।’ कसग्रिफका अनुसार उनीहरु सबै जनाले बच्चा जन्माउने क्षण नजिकै आइपुगेको छ । त्यसैले सबैसँगै आउँदा र आफ्ना सन्तानका बारे कुरा गर्दा निकै रमाइलो हुने उनको विश्वास छ ।

सबै नर्सहरु आमा बन्ने दिन नजिकदै गर्दा अस्पतालको काममा भने कुनै असर नपर्ने जनाइएको छ। नर्सहरुले १२ हप्ता गर्भवती विदा लिने हुँदा अस्पतालले उनीहरुको सिफ्ट मिल्ने गरी अन्य नर्सहरुको व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया