मंगलबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
काठमाण्डौ- नायिका जेसिका खड्काको बहिनी प्राप्तीले दुई व्यक्तिको चर्को दबाबले आफ्नी दिदीले आत्महत्या गरेको खुलासा गरेकी छिन् ।
शुक्रबार चलचित्र कलाकार संघले आयोजना गरेको शोक सभामा जेसिकाको फुपुको छोरी प्राप्तीले बालदीप राई र काठमाण्डू न्यूरोडमा रहेको रामेश्वर मिठाई पसलका बाउन्सर गोकुल सुवेदीले पनि दीदीलाई बेलाबेलामा चर्को तनावका कारण दिदीले आत्महत्या गरेको बताईन् ।
उनले भनिन्, ‘दुई जनाको कारण धेरै टर्चर पाएको भन्दै दिदीले गुनासो गरिरहेकी थिई तर भोलीपल्टै त्यस्तो खबर सुनेपछि म छाँगाबाट झरे जस्तै भएँ ।’
मृत्यु अगाडी सम्बन्धको बिषयमा चर्चा नभएपनि मृत्यु पछी जेसिका आफ्नो प्रेमिका रहेको  र शारिरीक सम्बन्ध पनि हुने गरेको बालदीपले खुलाशा गरेपछी यो बिषयले अर्को मोड लिएको छ ।
कलाकार संघका अध्यक्ष रमेश बुढाथोकीले दोषी चिन्न आफ्नो संस्थाबाट सम्पूर्ण सहयोग रहने बताए ।

तपाईको प्रतिक्रिया