Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – स्थापनाकालदेखि नै ग्राहकहरुको मन जित्न सफल रेमिट्यान्स् कम्पनी क्योदाइ रेमिटान्स/आइएमइले सञ्चालन गरेको आमा विशेष महिनाको आकर्षक मासिक योजनाको नतिजा सार्वजनिक गरेको छ । जसअन्तर्गत ७ जना विशेष उपहारसहित ४३ जना भाग्यशाली विजेता बन्न सफल भएका छन् । आमाको मुख हेर्ने महिनालाई मध्यनजर गर्दै यही अप्रिल १५ देखि मे ३१ तारिखसम्म सञ्चालनमा ल्याएको यस योजनामा नेपाली ६ जना ग्राहकलगायत इण्डिया, पाकिस्तान, बंगलादेश, श्रीलंका, जापान, पेरु, फिलिपिन, ब्राजिल, इण्डोनेसियन गरी कम्पनीका ४३ जना ग्राहक उपहार प्राप्त गर्न सफल भएका हुन् ।

योजनाको विशेष उपहार प्राप्त गर्नेमा राइ नैना बहादुर (नेपाल), शाह गोविन्द चन्द्र (बंगलादेश), शाभिएला फ़्रान्सिस्को म्यानुएला (अंगोला), सान्चेज पोर्चुगल जर्ज एन्रिक (पेरु), चिनोज मेन्डोजा (पेरु), इनामिन ज्याकेलिन, टोयोटा किकुइचि (जापान) रहेका छन् । यस विशेष उपहार विजेताले क्रमश ओलिम्पस क्यामेरा, A1लेनोभो ट्याब्लेट, ब्रान्डेड एप्पल आइप्याड, ४० इन्चको शानदार पानासोनिक रंगिन टेलिभिजन, JVC हाइ भोल्युम स्पिकर, पानासोनिक माइक्रोवेभ ग्रील ओभन, ओलिम्पस क्यामेरा प्राप्त गरेका छन् । त्यस्तै नेपालका सहनी तिर्थ बहादुरले जनही १० हजार येन नगद प्राप्त गर्नुभएको छ भने बि.क. सोमकुमार, थापा नइन्द्रबहादुर,पुन मगर रब बहादुर, तामाङ धन बहादुरले जनही ५ हजार येन नगद प्राप्त गरेका छन् ।

यस योजनाभरी ग्राहकले गरेका प्रत्येक रेमिट्यान्समार्फत उनीहरु स्वत सहभागी भएका थिए । योजनाको समयसीमाभरी रेमिट्यान्स गरेका ग्राहकको सदस्यता संख्याको लक्की-ड्र मार्फत सो नतिजा सार्वजनिक गरिएको कम्पनिका बजार प्रबन्ध प्रमुख मारियो कियोहाराले जानकारी दिनुभयो । साथै योजनाको विशेष उपहार जुलाई १६ तारिखदेखि वितरण गरिने भन्दै बजार प्रबन्ध प्रमुख कियोहाराले नतिजा सार्वजनिक गरिएको मिति (जुन ६ तारिख) देखि ३ महिनाभित्रमा उपहार विजेताले आफ्नो उपहार संकलन गरिसक्नुपर्ने बताउनुभयो । ***

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया