Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं –  चालु आर्थिक वर्ष २०७४–७५ आज सकिदैछ । यो वर्ष पनि सरकारलाई असारे खर्चको चटारो देखियो । वर्षामा सडकहरु पिच भएका पाईए भने बजेट फ्रिज हुने भएपछि रकम स्थानान्तरण भएका समाचारहरु समेत बाहिर आए ।

यो आर्थिक वर्षमा समेत विकास खर्च भने ७० प्रतिशतबाट उकालो नलाग्ने पक्का भएको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मै वजेट आएपनि खर्च गर्ने शैली भने परम्परागत नै देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार विकास निर्माण तर्फ असार ३० गतेसम्ममा ६७ दशमलव ८८ प्रतिशत मात्र खर्च भएको छ । यद्यपी सरकारी अधिकारीहरुले भने यो वर्ष निरन्तर ३ तहको निर्वाचनका कारण आशा गरिए अनुसार काम गर्न नसकेको स्पष्टोक्ति दिएका छन् ।

अर्थमन्त्रालयले मध्यावधी समीक्षा मार्फत ७० प्रतिशत विकास खर्च गर्ने संशोधित लक्ष्य निर्धारण गरेको थियो ।  यद्यपी असार मसान्तसम्ममा ७० प्रतिशत विकास खर्चको सरकारी लक्ष्य भने पूरा हुने देखिएको छ ।

विकास निर्माणका लागि यो वर्ष ३ खर्व ११ अर्व रुपैयाँ बजेट विनियोजन गरेको सरकारले गत शुक्रबारसम्ममा २ खर्व २७ अर्व रुपैयाँ खर्च गरको छ । चालु आर्थिक वर्ष सकिनै लाग्दा असारमा सरकारले दैनिक झण्डै २ अर्व रुपैयाँ खर्च गरेको थियो ।

राजश्व तर्फ भने सरकार ९५ प्रतिशत असुल गर्न सफल भएको छ । यो वर्ष ७ खर्व ३० अर्व रुपैयाँको राजश्व संकलनको लक्ष्य राखेको सरकारले शनिवारसम्ममा ६ खर्व ९७ अर्व रुपैयाँ हाराहारीमा राजश्व संकलन गरेको छ । नयाँ आर्थिक वर्ष भोली देखि शुरु हुदैछ ।

तपाईको प्रतिक्रिया