Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  हाम्रो शरीरले राम्रो काम गर्नका लागि ९८.६ डिग्री फरेनहाइटको तापमान रहिरहनुपर्छ । यदि शरीरको तापमान १–२ डिग्री मात्र बढ्दा पनि शरीर चिस्याउनुपर्छ वा तापमान कम गर्नुपर्छ । यसरी तापक्रम बढ्दा शरीरले पसिनाका माध्यमबाट वा रक्तधमनीहरू फुलाई तापक्रमलाई कम गर्ने प्रयास गर्छ । पसिनाले शरीरलाई चिस्याउँछ भने फुलेका रक्तधमनीका आकारको परिमाणले मुटुको धड्कनको गति बढी रक्तचाप पनि घट्छ । त्यसरी बढेको मुटुको गति र घटेको रक्तचापले मुटुरोगीका लागि समस्या सिर्जना गर्छ । यस्तो समस्या यतिसम्म घातक हुन्छ कि ज्यानै लिन सक्छ ।

  मुटुरोगीहरू उच्च तापक्रम वृद्धिका कारण अति जोखिममा हुन्छन् । यस्ता व्यक्तिमा मुटुले राम्रोसँग पम्प गर्न सकिरहेको हुँदैन । त्यसैले शरीरलाई पर्याप्त चिसो र रक्तचाप सन्तुलनमा राख्न सक्नुपर्छ । नत्र शरीरको तापक्रम वृद्धि भई दुःखद घटना निम्त्याउन सक्छ ।

  शरीरलाई आवश्यक मात्रामा चिस्याउन मुटु अझ कडा भई धड्कनलाई बढाउन शरीरको धमनी फुलाउने गर्छ । शरीरका बाह्य रक्तनलीहरूको सतह बढाई पसिना निस्कँदा तापक्रम सन्तुलन त हुन्छ तर मुटुका अतिरिक्त गतिविधि र व्यायामले अझ बढी काम गर्न भार थप्छ । विशेषगरी, गर्मी मौसममा शरीरको हरेक १ डिग्री आन्तरिक तापमान बढ्दा आफ्नो मुटुको चाल प्रतिमिनेट १० पटक बढी धड्कने गर्छ । यस्तो समयमा व्यायाम या अनावश्यक लोड थप्दा मुटुको समस्या झन् बल्झने गर्छ ।

अप्रेसनपछिका सावधानी

  डाइरेटिक्सका साथै मुटु सुन्निएका र हार्ट फेलरका समस्या भएकाहरूका लागि पानी र तरल पदार्थ पिउन डाक्टरको सल्लाह हुन्छ । यस्ता बिरामी उच्च तापमान र गर्मीबाट बच्नका लागि बाहिर निकै कम हिँडडुल गर्नुपर्छ । ताकि अत्यधिक पसिनाको बहावले हाम्रो भित्री शरीरको तरल सन्तुलनलाई दखल नपु-याओस् । यस्तो भएमा चक्कर लाग्ने, थकानको अति महसुस हुनेजस्ता समस्या पनि निम्तिन्छ ।

  कोरोनरी स्टेन्ट लगाइएका वा मुटुका भल्ब प्रत्यारोपण गरेकाहरू अत्यन्तै सावधान हुन आवश्यक छ । किनकि, गर्मीमा कठोर व्यायामका कारण अत्यधिक पसिना आई रगतको तरलतामा बाक्लोपन बढी हुन्छ र जम्ने प्रक्रिया सुरु हुन्छ । जसले गर्दा खुलाइसकेका धमनीहरू तथा भल्बमा पुनः रगत जम्ने जोखिम उच्च हुन्छ ।

तपाईको प्रतिक्रिया