Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नङमा चमक ल्याउन घरमै मास्क तयार पारी प्रयोग गर्न सकिन्छ । यसका लागि एक कप तातोपानीमा सानो एक चम्चा केलमाइन र पुदिनाको पातलाई एक घन्टासम्म भिजाउनुपर्छ र पुदिनाको पातलाई छानेर बाहिर हटाउनुपर्छ ।

यसमा केही थोपा ओलिभ आयल राख्नुपर्छ । अनि आल्मन्ड र दुई चम्चा गहुँको आँटाको मिश्रण गराई नङमा लगाउनुपर्छ । जसले केही समयपछि नै चम्किलो बनाउने काम गर्छ ।

कागती र नुन

यदि तपाईंको नङ कमजोर भएर टुट्न लागेको छ भने नुन र कागतीको पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि दुई चम्चा नुनमा कागतीको रस, गहुँको पिठो मिसाउनुपर्छ । र, त्यसमा ओलिभ आयल पनि मिसाउन सक्नुहुन्छ ।

यस्तो मिश्रणलाई मनतातो पानीमा राम्रो घोल्नुस् । अनि त्यसलाई नङमा लगाएर १० देखि १५ मिनेटसम्म राख्न सक्नुहुन्छ । यस्तो काम हप्तामा तीनपटकसम्म गर्दा केही समयपछि नै नङ सुन्दर देखिन्छ ।

तपाईको प्रतिक्रिया