Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  कामको चापले गर्दा धेरैले आफ्नो स्वास्थ्यलाई समय दिन नसकिरहेको अवस्था छ । जसले गर्दा बढ्दो उमेरसँगै रोग पनि बढ्दै जान्छ ।

तर, जति नै व्यस्त भए पनि आफ्नो स्वास्थ्यका लागि समय निकाल्न जरुरी छ । स्वास्थ्य ठीक भएन भने अरू काम गर्न सकिँदैन । तर, आजभोलि स्वास्थ्यका लागि समय दिनेको संख्या भने बढ्दो छ ।

सुखी थापा जुम्बा इन्स्ट्रक्टर

स्वस्थ रहनका लागि नियमित व्यायामसँगै भोजनमा समेत ध्यान दिनुपर्छ ।

समयमा खाने अथवा आफ्नो दैनिकीलाई व्यवस्थित गर्न सके मात्र पनि हाम्रो स्वास्थ्य धेरै राम्रो बन्छ । खानपान, शारीरिक व्यायामजस्ता कुरामा ध्यान दिन सकिएन भने विभिन्न रोगले सताउन सक्छ ।

हामी स्वस्थ भयौँ भने हाम्रो मन, दिमाग स्वस्थ हुन्छ । जसले हामी स्फुर्तिका साथ काम गर्न सक्छौँ ।

अथवा जुनसुकै काममा लागे पनि सफलता प्राप्त गर्न सक्छौँ । सफलता पाएपछि हामी त्यसै सुखी र खुसी जिन्दगी जिउन सक्छौँ ।

त्यसैले सबैभन्दा पहिला आफ्नो स्वास्थ्यलाई महत्व दिई स्वस्थ रहन कोसिस गरौँ । मानिसको दिमागमा नकारात्मक कुरा छ भने शरीर स्वस्थ भएर मात्र उसलाई स्वस्थ मान्न सकिँदैन । त्यसका साथै मन पनि स्वस्थ हुनुपर्छ । हाम्रो सानो गल्तीले पनि स्वास्थ्यमा ठूलो समस्या ल्याउने गर्छ ।

तपाईको प्रतिक्रिया