Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  झरी या गर्मीको मौसममा वातावरणमा आद्रता बढ्ने गर्छ । जसले विभिन्न इन्फेक्सन र पेटसम्बन्धी समस्या हुन सक्छ । त्यसैले खानामा सचेतता अपनाएर यस्तो समस्याबाट बच्न सकिन्छ । डाइटिसियन रिंकी जैनले यसबारे बताएकी छिन् :

रिंकी जैन, डाइटिसियन

  • झरीको मौसममा सस्र्यूं, मख्खन र बदामको तेल प्रयोग नगर्दा राम्रो हुन्छ । यस्तो तेललाई पचाउन शरीरलाई गाह्रो पर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न घ्यू, जैतुन, सूर्यमुखीको तेल प्रयोग गर्दा राम्रो हुन्छ ।
  • यस्तो मौसममा मानिसले तारेको, स्ट्रिट फुडको प्रयोग झुक्किएर पनि गर्नुहुँदैन । यस्तो खानाबाट बचेर साग, तरकारी र फलफूललाई डाइटमा प्रयोग गर्नुपर्छ ।
  • यस्तो मौसममा काँचो सलादको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । यदि खान मन लागेमा राम्रोसँग स्टिम गरी प्रयोग गर्नुपर्छ । स्टिम गर्दा त्यसमा भएका कीटाणु नष्ट हुनुका साथै स्वस्थकर पनि हुन्छ ।
  • मनसुनमा काँचो दूध पनि प्रयोग गर्नुहुँदैन । दूधमा मोइस्चर हुने भएकाले यसमा अत्यधिक ब्याक्टेरिया हुन्छन् । जसले पाचन प्रणालीमा असर पु-याउँछ ।
  • झरीपछि शरीरको तापक्रम कम त हुन्छ तर पनि पानीको कमी भने हुन दिनुहुँदैन । दिनमा कम्तीमा ८–१० गिलास पानी प्रयोग गर्नुपर्छ । यस्तो समय फलफूलको जुस प्रयोग गर्दा भिटामिन र मिनरल्स पनि प्राप्त गर्न सकिन्छ ।
  • यस्तो मौसममा हर्बल चिया प्रयोग गर्दा शरीरको प्रतिरक्षा प्रणाली केही बलियो बन्छ ।
  • मनसुनमा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुने भएकाले केरा, मेथी, कागती र मौसमी फलफूलको प्रयोग बढाउनुपर्छ ।
तपाईको प्रतिक्रिया