Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – काठमाडाैं महानगरपालिकाले १३ अर्ब २ करोड रुपैयाँको बजेट ल्याएको छ । अाज नगरसभामा उपमेयर हरिप्रभा खड्गीले आर्थिक वर्ष २०७५/०७५ का लागि १३ अर्ब २ करोड १२ लाख ३७ हजारको बजेट पेश गर्नुभयो । बजेटको स्रोतमा आन्तरिक आय ४ अर्ब ९० करोड २१ लाख ५७ हजार, बाहृय स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड ११ लाख अनुमान छ ।

महानगरले वडास्तरमा पूर्वाधार निर्माणमा ३ अर्ब ६ करोड २५ लाख बजेट बिनियोजन गरेको छ । कार्यालय सञ्चालन र प्रशासनिक खर्च १ अर्ब ९३ करोड छ । शिक्षामा १ अर्ब १० करोड ४६ लाख बजेट छुट्याइएको छ भने हनुमानढोका स्वयम्भू जोड्ने पदमार्ग निर्माण, ढुंगेधारा संरक्षण लगायतमा ५१ करोड ६७ लाख छुट्याएको काठमाडौं महानगरपालिकाले भवन निर्माण र गाडी तथा अन्य सम्पत्ति खरिद मा २ अर्ब ३६ करोड १ लाख बजेट बिनियोजन गरेको छ ।

महागरपालिकाले मोनोरेल, इलेक्ट्रिक बस, सम्पदा पुन:निर्माण, फ्लाई स्काइ ब्रिज निर्माण, इ-ट्‌वाइलेट, इ-पार्किङ निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन तथा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्न बजेट छुट्याएको छ। त्यस्ता आयोजनाका लागि सम्भाव्यता र डिपिआर गर्न महानगरले १५ करोड १० लाख विनियोजन गरेको छ। जस अन्तर्गत १० करोड रुपैयाँ शहरी यातायातका लागि विनियोजन गरेको बजेटमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया