Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मुलुकभरका ७ सय ५३ वटै स्थानीय सरकारले आज बजेट ल्याउँदैछन् । स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्ष (आव) को बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार सबै स्थानीय तहले आज आव २०७५/०७६ को बजेट ल्याउँदैछन् ।

अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको १० गतेभित्र आगामी आवको राजस्व र व्यायको अनुमान सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्था बमोजिम सबै स्थानीय तहले आज बजेट ल्याउन लागेका हुन् ।

यो बजेट स्थानीय तह आफैंले ल्याउन लागेको पहिलो बजेट हो । चालू आवमा संक्रमणकालीन व्यवस्थापन अन्तर्गत सरकारले स्थानीय तहलाई दिएको २ खर्ब २५ अर्ब रुपैयाँमा आधारित भएर बजेट बनाएका थि ए। चालु आवमा स्थानीय तहले ल्याउने बजेट पहिलो बजेट हो ।

तपाईको प्रतिक्रिया