काठमाडाैं – नेपाल विद्यार्थी संघले मूल्य बृद्धि विरुद्ध ७७ वटै जिल्लामा सडक बहस कार्यक्रम गरेको छ । आज आयोजित सडक बहस कार्यक्रम मार्फत नेविसंघले सरकारसँग मूल्य बृद्धि थोरै मात्र घटाउनु भन्दा बढाइएको पुरै महंगी तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रदेश-३ को राजाधानी हेटौंडामा आयोजित बहसलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिं महरले पुरानै मूल्य यथावत राख्न माग गर्नुभयो । महंगी बढाउने काम तत्काल रोकी जनताको सेवामा लाग्न उहाँले सरकारसँग आग्रह गर्नुभयो । उहाँले मूल्य बृद्धि पुरै फिर्ता नभएसम्म आन्दोलनलाई सशसक्त बनाइने बताउनुभयो ।
बहसलाई नेविसंघ महामन्त्री सरोज कुमार थापा, पूर्व सहमहामन्त्री निलकन्ठ रिजाल, नेविसंघका नेता आनन्द रावत लगायतले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, आषाढ ०६, २०७५
प्रकाशित समय: १६:४७:२२