Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडाैं – डा. गोविन्द केसीले मुखमा टेप लगाएर माइतीघर मण्डलामा प्रदर्शन गर्नुभएको छ । स्थानीय प्रशासनले माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको विरोधमा डा. केसीले शनिबार प्रदर्शन गर्नुभएको हाे ।

मुखमा टेप लगाएर माइतीघर चोकमा उभिएका डा. केसीले एउटा हातमा ‘नागरिक स्वतन्त्रता खोस्न दिदैनौं । निषेधित क्षेत्र घोषणा अवज्ञा गर्छौं’ र अर्को हातमा ‘म रैती होइन, सार्वभौम नागरिक हुँ’ भन्ने प्ले कार्ड बोक्नु भएकाे थियाे । आफूहरुको आन्दोलनको बलमा लोकमान सिंह कार्की, गोपाल पराजुलीहरु ढलेको तर, उनीहरु त पात्र मात्र भएको बताउनुभयाे । मुख्य पात्र दलका नेताहरु भएको उहाँको दाबी छ ।

डा. केसीले भ्रष्टाचार, वेथितीविरुद्ध आफ्नो आन्दोलन जारी रहेको बताउनुभयाे । तर, सरकारले नागरिकको मुख थुन्न माइतीघर मण्डला लगायतका स्थानमा प्रदर्शन गर्न रोक लगाएको भन्दै डा. केसीले भन्नुभयाे, म ओलीजीलाई भन्छु, हामी आवाज बुलन्द गर्छौं, यहीबाट लड्छौं । कसरी रोक्दा रहेछौं हेरौं ।’

डा केसीले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगले दोषी देखाएका ४३ जनालार्इ कारबाही गर्नुपर्ने, माइतीघरको निषेधित क्षेत्र घोषणा फिर्ता लिनुपर्ने लगायतका ६ बुँदे माग राखेर आज मण्डलामा प्रदर्शन गरेका हुन्।

यी हुन् डा केसीले राखेका ६ बुँदे माग

१) चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयक तत्काल संसदमा पेश गरेर यथारुपमा पारित गरियोस् । तत्पश्चात् अविलम्ब चिकित्सा शिक्षा आयोगलाई कार्यकारी उपाध्यक्षसहित पूर्णता दिएर मात्र साझा प्रवेश परीक्षा सञ्चालनलगनयत कामहरु सुचारु गरियोस् ।

२) माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गरियोस् ।

३) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगले दोषी ठहर्‌याएका पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।

४) विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गरियोस् ।

५) कथित छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ खारेज गरी चिकित्सा शिक्षा ऐनमा स्नातकोत्तर तहको छात्रवृत्तिपछि २ वर्ष अनिवार्य सेवाको व्यवस्था गरियोस् ।

६) चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानुनको निर्माण र कार्यान्वयन गरियोस् ।

तपाईको प्रतिक्रिया