Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – हकप्रद र बोनस सेयरको मुल्याकंन हाललाई पुरानै बिधिबाट गर्न सरकार सहमत भएपछि मंगलबार देखी रोकिएको सेयर कारोबार सुचारु भएको छ । सरकारले हकप्रद र बोनस सेयरलाई एक सय रुपैयाँमा मुल्याकंन गर्दै नाफाको हिसाब किताब गर्ने  निर्णय गरेपछि सेयर लगानीकर्ता आन्दोलित बनेका थिए । आज अर्थ मन्त्रालयमा भएको वार्तामा असार मसान्त सम्म समायोजित मूल्यमा सेयरको मुल्याकंन गर्दै कर लगाउन सरकार सहमत भएको थियो । अर्थ मन्त्रालयका प्रवक्ता भक्क प्रसाद आचार्यका अनुसार असार मसान्त सम्म पुरानै व्यवस्था अनुसार कर लगाउने सहमति भएको हो ।

अर्थ मन्त्रालयले मन्त्रालयमा सह सचिव उत्तर खत्रीको नेतृत्वमा गठन गरेको समितिले दिने प्रतिवेदनमा आधारमा साउन १ पछिको व्यवस्था वारे निर्णय हुने उहाँले जानकारी दिनुभयो । बजार ठप्प पार्दै सेयर लगानीकर्ता आन्दोलनमा उत्रिएपछि सरकार पछि हटेको हो ।

तपाईको प्रतिक्रिया