Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – वायु सेवा सन्चालक संघले आन्तरिक हवाई उडानको भाडा बढाएको छ । हवाई इन्धनको मूल्यवृद्धि भएसँगै संघले यही मंगलबारदेखि लागू हुनेगरी आन्तरिक हवाई उडानका भाडा बढाउने निर्णय गरेको हो ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि विमानसेवा कम्पनीले पनि हवाई भाडा बढाउनुपरेको संघका प्रवक्ता घनश्याम आचार्यले जानकारी दिनुभयो ।

आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर रु चार वा सोभन्दा बढी घटबढ भएमा त्यहीअनुसार भाडा घटाउन तथा बढाउन सक्ने व्यवस्थाअनुसार बढाउने निर्णय भएको छ । यही २२ गते निगमले आन्तरिक इन्धनको मूल्य प्रतिलिटर रु पाँच बढाएको थियो ।

संघका अनुसार धनगढीका लागि सबैभन्दा धेरै भाडा प्रतियात्रु रु २२० बढेको छ । यसअघि पुरानो भाडादर रु १२ हजार १०० रहेकामा अब १२ हजार ३२० कायम भएको छ ।

त्यस्तै, सिमराका लागि सबैभन्दा कम प्रतियात्रु रु ४५ ले भाडा बढेको छ । पुरानो भाडा रु ३ हजार ९५० रहेकामा अब ४ हजार १० कायम भएको छ ।

हवाई भाडा सूची हेर्नुहोस्

माउन्टेन फ्लाइट्स: पुरानो भाडादर रु १०८५०, नयाँ भाडादर रु ११०२०

पोखरा : पुरानो भाडादर रु ४६५०, नयाँ भाडादर रु ४७३०

भैरहवा : पुरानो भाडादर रु ५९५०, नयाँ भाडादर रु ६०५५

भरतपुर: पुरानो भाडादर रु  ३४५०, नयाँ भाडादर रु ३५०५

विराटनगर : पुरानो भाडादर रु ७१००, नयाँ भाडादर रु ७२२०

नेपालगन्ज : पुरानो भाडादर रु ९४००, नयाँ भाडादर रु ९५६५

भद्रपुर : पुरानो भाडादर रु ८६००, नयाँ भाडादर रु ८७५०

धनगढी : पुरानो भाडादर रु १२१००, नयाँ भाडादर रु १२३२०

जनकपुर : पुरानो भाडादर रु  ३९५०, नयाँ भाडादर रु ४०१०

सिमरा : पुरानो भाडादर रु ३०००, नयाँ भाडादर रु ३०४५

तुम्लिङटार : पुरानो भाडादर रु ५६२५, नयाँ भाडादर रु ५७२० 

तपाईको प्रतिक्रिया