Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

टोकियो – आवासीय बिदेशी नागरिकहरुका लागि आगामी जुलाई ९ तारिख देखि नयाँ आवास प्रवन्ध प्रणाली सम्बन्धि जानकारी दिने उद्देश्यले टोकियो क्षेत्रिय अध्यागमन ब्यूरो (ईमिग्रेशन) ले बिभिन्न मितिमा बिभिन्न भाषामा सेमिनारहरु सञ्चालन गर्ने भएको छ ।

जसअनुसार नेपालीहरुका लागि आगामी जुन महिनाको २० तारिख बुधबार सिन्जुकुको काबुखिचोमा दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म उक्त बिषयमा सेमिनार हुने भएको छ । उक्त सेमिनारमा श्रोत ब्यक्तिकारुपमा अध्यागमन ब्यूरोका प्रशासन शाखाका सहायक निर्देशक योसिआकी सावादा रहनेछन् भने नेपाली भाषामा अनुवादकर्ताको पनि ब्यवस्था रहने जनाईएको छ ।

उक्त सेमिनारमा श्रोत ब्यक्ति सावादाले जुलाई ९ देखि परिबर्तन हुन गईरहेको नयाँ आवास सम्बन्धि जानकारीका बिषयमा ४५ मिनेट प्रवचन दिने कार्यक्रम रहने छ भने अर्को ४५ मिनेट प्रश्नोत्तर गरिने छ । यसैगरी सहभागीहरुलाई भाषाअनुसार बिभिन्न समुहमा बिभाजन गरी दोभाषेमार्फत थप जानकारी गराईने छ भने अर्को १ घण्टा जापान आगमन, आवास परिक्षणकासाथै दैनिक जीवनमा आईपर्ने बिभिन्न समस्याहरुका बारेमा परामर्श कार्यक्रम रहने बताईएको छ ।

सेमिनारमा अधिकतम सहभागि संख्या ३० जना निर्धारण गरिएकोले समयमै सम्पर्क राखी सहभागिताका लागि नाम दर्ता गराउनुपर्ने कल्सल्टेशन सपोर्ट सेन्टर फर फरेन रेसिडेन्ट सिन्जुकु कि को-अर्डिनेटर यामामोतो युमीले बताईन् । उक्त सेमिनार सम्बन्धि थप जानकारीका लागि समुद्रपारि डट कम हेर्दै गर्नुहोला ।

सेमिनारको तालिका यसप्रकार छ :
१.  २०१२ मई २७ आइतबार,  बिहान ९:०० देखि १२.०० बजेसम्म  – चिनिया, बंगाली र म्यान्मार
२. २०१२ जुन ३ आइतबार,  दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म –  कोरिया, भियतनाम र  ईण्डोनेसिया
३. २०१२ जुन २० बुधबार, दिउसो १:३० बजेदेखि ४:०० बजेसम्म – नेपाली, भियतनाम, रुमानिया र बंगाली

सबै सेमिनार हुने स्थान भने एकै हुने छ-
Consultation Support Center For Foreign Residents
Hygeia 11 Floor
2-44-1 Kabukicho, Shinjuku -Ku
Tel: 03-3202-5535

 

 

 

 

 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया