Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ –  नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।  निगमले गय राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

उहाँका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो ।

नयाँ मूल्यसूचीअनुसार काठमाडौँ उपत्यकाको हकमा प्रतिलिटर पेट्रोलको रु १००, डिजेल र मट्टितेलको रु ७७ समान तथा हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ८७ समायोजन गरिएको छ भने हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिहजार लिटर ८५० अमेरिकी डलर कायम गरिएको प्रवक्ता गोइतले बताउनुभयो । खाना पकाउने एलपी ग्यासको भने रु एक हजार ३५० मूल्य कायम गरिएको छ ।

यता पोखरा र दाङका लागि भने प्रतिलिटर पेट्रोलको मूल्य ९९ रुपैयाँ ५० पैसा र डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य रु ७६ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

तपाईको प्रतिक्रिया