Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं– कोकाकोला नेपालले नेपाली बजारमा  किन्ले ब्राण्डको पानी सार्वजनिक गरेको छ । वेभरेज मार्केटलाई लक्षित गरेर ल्याइएको पेय पदार्थ (पानी)  कोकोकोलाको नेपाली बजारमा दोस्रो ठुलो उत्पादन हो ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च गुणस्तरको शुद्ध र सफा पिउने पानीको रुपमा बजारमा आएको यो उत्पादनमा प्रयोग गरिने पानी कोकाकोला कम्पनीबाटै आउने छ ।  प्रशोधन मार्फत उच्च गुणस्तरको बनाईएको छ । जुन उत्पादन शुद्ध पिउने पानीको रुपमा आएको छ ।
किन्ले ब्राण्डको अनावरण ब्राण्ड एम्बेसडर महानायक श्री राजेश हमाल, कोकाकोला नेपालका कन्ट्रिडाइरेक्टर श्री अम्बुज सिंह र बोटलर्स नेपालका प्रबन्ध निर्देशक श्री पुनित भार्शने संयुक्त रुपमा अनावरण गर्नुभएको थियो ।
उक्त कार्यक्रममा वाटर एडका सिनियर कार्यक्रम प्रबन्धक तथा पानी विज्ञ श्री कबिन्द्र पुडासैनी, र डब्लुडब्लुएफका सिनियर कार्यक्रम प्रबन्धक श्री घनश्याम गुरुङले नेपालमा पिउने पानीको हालको अवस्था र गुणस्तरका बारेमा चर्चा गर्नु भएको थियो । उहाँहरु दवैले कोकाकोला सँग आफुहरुको साझेदारीले उपत्यका र उपत्यका बाहिर वर्षातमा  परेको पानी जमिन मुनी पठाएर रिचार्ज गर्न सहयोग पुग्ने बताउनु भयो ।
प्रोडक्ट लञ्चिङ कार्यक्रममा बोल्दै नेपालको लागि कोकाकोला नेपालका कन्ट्रि डाइरेक्टर श्री अम्बुज सिंहले भन्नुभयो ‘किन्ले ब्राण्ड सबै ठाउँमा नै निकै प्रख्यात भएको छ । हामीलाई विश्वास छ नेपालमा समेत यसले निकै राम्रो बजार पाउने छ । अघिल्लो वर्ष कोक जिरो नेपाली बजारमा ल्याएका थियौँ । र यस वर्ष किन्ले ब्राण्डलाई नेपालमा ल्याउन पाएकोमा खुसी छौँ जसले उपभोक्ताको फरक आवश्यकतालाई सम्बोधन गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

उक्त कार्यक्रमा बोल्दै बोटलर्स नेपालका प्रबन्ध निर्देशक श्री पुनित भार्शनेले भन्नुभयो ‘हामीले किन्लेको नेपालमा उत्पादन सुरु गरेका छौं । यसको शुद्धतामा कुनै सम्झौता गरिएको छैन । ८ चरणसम्म पानीको प्रोसेसिङ हुन्छ । नेपालमै उत्पादन भएको उच्च गुणस्तरको पानी नेपालभरी नै फैलाउने हामीले लक्ष्य लिएका छौं ।’
साथै उहाँले लन्च गरिएको किन्ले एक लिटर साइजमा बजारमा उपलब्ध हुने पानीको बजार मुल्य २५ रुपैँया रहेको जानकारी दिनु भयो ।
कार्यक्रमा बोल्दै ब्राण्ड एम्बेस्डर महानायक श्री राजेश हमालले भन्नुभयो ‘किन्लेले मेरो विश्वास जितेको छ, मलाई विश्वास छ यसले सारा नेपालीको विश्वास जित्ने छ ।’
किन्ले कोकाकोलाको अन्तर्राष्ट्रिय गुणस्तरको उत्पादन भएकाले यसको उत्पादनमा कुनै सम्झौता गरिएको हुँदैन । यसले स्टेट अफ आर्ट टेक्नोलोजीमा आधारीत रहेर आफ्नो उत्पादन ल्याएको हुन्छ । त्यसैले किन्ले सधै मेरो रोजाईमा पर्ने गरेको हमालले बताउनु भयो ।

तपाईको प्रतिक्रिया