Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन १४, २०८१
Monday, September 30, 2024

काठमाडौं – काठमाडौंको क्षेत्रपाटीबाट प्रहरीले बरामद गरेको ८८ किलो सुन तस्करीमा संलग्न रहेको आरोपमा थप पाँचजनालाई प्रहरीले पक्रेको छ ।

महानगरीय प्रहरी महाशाखाले काठमाडौंका कार्यविनायक सुनचाँदी पसलका सन्चालक गणेश दत्त बडू, शाक्य सुनचाँदी पसलका सुगतरत्न शाक्य, पशुपति सुनचाँदी पसलका नन्दकुमार मर्गले, रविश्याम ट्रेडर्सका सत्यनारायण अग्रवाल र उल्लास दिनकर सालुखेलाई पक्राउ गरिएको जनाएको हो ।

सोमबार पक्राउ परेका पाँचजनालाई थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको छ । गत भदौ तेस्रो साता ८८ किलो सुनसहित क्षेत्रपाटीबाट मकवानपुरगढी गाउँपालिकाका २४ वर्षीय मनोज अधिकारी पक्राउ परेका थिए । प्रहरीले बा१७च ६४२७ नम्बरको एउटा गाडी पनि बरामद गरेको थियो ।

नेपालमा होटल व्यवसाय गरी बस्ने चिनियाँ व्यापारीले भित्र्याएको सुन प्रहरीले सुराकीका आधारमा बरामद गरेको थियो । बरामद गरिएको ८८ किलो सुन भने अनुसन्धानका लागि राष्ट्र बैंकको ढुकुटीमा राखिएको छ ।

तपाईको प्रतिक्रिया